Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


हस्तकला प्रवर्द्धनमा सरकारले सहयोग नगरेको महासंघको गुनासो


0
Shares

काठमाडौं, मंसिर २ । नेपाली हस्तकलाको प्रबर्द्धनमा सरकारले सहयोग नगरेको व्यवसायीले गुनासो गरेका छन् ।

हस्तकलाको विकासमा सरकारी सहयोगको कमी भएको नेपाल हस्तकला महासंघले जनाएको छ । उपलब्ध कच्चा पदार्थअनुसार प्रविधिको अभाव हुँदा हस्तकला सामाग्रीको उपयोग हुन नसकेको महासंघका अध्यक्ष धर्मरत्न शाक्य बताउँछन् । करिब १० अर्बको हस्तकलाको बजार रहेको महासंघको भनाइ छ ।

बैंकबाट सहज रुपमा ऋण नपाएका कारण हस्तकला व्यापार सहज नभएको शाक्यले बताए । सरकारले हस्तकला क्षेत्रमा ध्यान दिए यसले व्यापकता पाउने महासंघको ठहर छ ।

यसैबीच काठमाडौंको भृकृटीमण्डपमा ५ दिनसम्म चलेको हस्तकला मेला आइतबार सकिएको छ । मेलामा २ लाख ५० हजारले अवलोकन गरेको र १० करोडको व्यापार भएको महासंघले जनाएको छ ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, उनी तथा सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरु राखिएका थिए ।