विराटनगर, मंसिर २ । चिया उत्पादनको मुख्य क्षेत्र मानिने प्रदेश नं. १ लाई ‘चिया क्षेत्र’ घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् ।
केन्द्रीय चिया सहकारी संघले आइतबार विराटनगरमा गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।
व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ अनुसार मुलुकभर उत्पादन गरिने चियामध्ये ९९ प्रतिशत चिया प्रदेश नं १ मा उत्पादन हुने गरेको छ । प्रदेश नं १ को झापामा सबैभन्दा बढी चिया खेती हुने गरेको छ ।
देशभर ९ हजार व्यवसायीहरुले १२ हजार ६६ हेक्टर क्षेत्रफलमा चिया खेती गर्ने गरेका छन् । चिया खेतीबाट कृषकहरुले वार्षिक १ अर्ब ७४ लाख आम्दानी गर्ने गरेका छन् ।
नेपालमा उत्पादित चिया विश्वका १८ मुलुकमा निर्यात हुँदै आएको छ । वार्षिक साढे २ अर्ब बराबरको चियाँ निर्यात हुदै आएको व्यवसायीहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्