हिमाल पौडेल
काठमाडौं, मंसिर २ । नेपालीमा एउटा उखान छ, ‘माल पाएर पनि चाल नपाउने ।’ यस्तै भएको छ नेपाल वायुसेवा निगममा ।
१४ वटा विमानमार्फत हवाई सेवा दिदै आएको सरकारी पूर्ण स्वामित्वको निगम आर्थिक संकटमा परेको छ ।
‘पसल भएपनि चामल नभएपछि पसल कसरी चल्छ’ भन्ने निगमका अधिकारीले नयाँ विमान ल्याईसक्दा पनि संचालन गर्न नसक्दा निगम नै आर्थिक संकटतर्फ धकेलिएको हो । निगमसँग नौवटा साना तथा पाँचवटा ठूला जेट विमान गरी १४ वटा विमान छन् । भएका विमान पूर्ण क्षमतामा संचालन गर्न नसक्दा एवं व्यवस्थापन चुस्त नहुँदा निगममा आर्थिक संकट आइपरेको हो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्