७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रहरीलाई व्यावसायिक रुपमा सक्षम संगठन बनाउने प्रतिबद्धता


0
Shares

काठमाडौं, मंसिर २ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले जनताका गुनासोलाई ध्यान दिई प्रहरीलाई व्यावसायिक रुपमा सक्षम संगठन बनाउने बताएका छन् ।

१३ औं महानगरीय प्रहरी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रहरीले अब नागरिकको मन–मनमा पुग्ने गरी काम गर्ने बताए ।

प्रहरीले आजैबाट १०० नम्बरमा एसएमएस गर्दा पनि शुल्क नलाग्ने व्यवस्था सुरु गरेको छ । यसघि १०० नम्बरमा टेलिफोन गर्दा शुल्क नलागे पनि एसएमएस गर्दा भने शुल्क लाग्थ्यो ।