२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दलित समुदायका सात विद्यार्थीको कक्षा १० सम्मको शैक्षिक अभिभावकत्व ग्रहण


0
Shares

काठमाडौंको सासा ट्राभल्सले सामाजिक उत्तरदायित्वअन्तर्गत् प्राथमिक तहदेखि कक्षा १० सम्मको सबै शैक्षिक अभिभावकत्व ग्रहण गरी छात्रवृत्ति प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष एवं प्रबन्ध निर्देशक इन्दु चौलागाइँले छात्रवृत्तिसँगै लत्ताकपडा, शैक्षिक सामाग्री वितरण गरिन् ।

आगामी दिनमा सहयोग रकम वृद्धि गर्नुको साथै अरु सहयोग पनि गर्ने आश्वासन चौलागाइँले दिइन् ।

विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चौलागाइँले यस्तो सहयोगले विद्यार्थीलाई हौसला र प्रोत्साहन मिल्ने बताए ।