मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नम्बरको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ ।
मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नम्बरको स्कुटरमा घर फर्कंदै गर्दा टिपरलाई उछिन्नेक्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्