Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जोमसोममा भूकम्पले जीर्ण भएको संग्रहालय तीन वर्षदेखि प्रयोगविहीन


0
Shares

मुस्ताङ, बैशाख १२ । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा रहेको ऐतिहासिक कृषि संग्रहालय तीन वर्षदेखि प्रयोगविहीन भएको छ ।

भूकम्पका कारण जीर्ण भएको कृषि संग्रहालय केन्द्र पुनर्निर्माणमा चासो नदिँदा प्रयोगविहीन भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोमको समन्वय तथा राष्ट्रिय प्रकृति संरक्षण कोष जापान शाखाको आर्थिक सहयोगमा निर्माण गरिएको जोमसोमको मुस्ताङ कृषि संग्रहालय भवन जीर्ण भएको हो ।

लामो समयसम्म पनि पुनर्निर्माणमा सरोकारवालाले चासो नदिएपछि संग्रहालय बन्द भएको स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् ।

मुस्ताङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको एकमात्र कृषि संग्रहालय बन्द भएपछि मुस्ताङ पुग्ने पर्यटक संग्रालय अवलोकन गर्ने अवसरबाट वन्चित भएका छन् ।

सन् १९९१ मा निर्माण गरिएकोे संग्रहालय भवन २०७२ सालको भूकम्पले क्षति भएको थियो ।

Skip This