Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


मेची पर्यटन महोत्सवलाई कांग्रेस नेता खड्काद्वारा ५१ हजार सहयोग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्काले मेची पर्यटन महोत्सव–२०१८ सफल बनाउन एकाउन्न हजार रुपैंयाँ सहयोग उपलब्ध गराएका छन् ।

इलाम पर्यटन प्रवद्र्धन सरोकार मन्चले आगामी पुस ५ देखि १६ गतेसम्म आयोजना गर्न लागेको महोत्सवका लागि खड्काले ५१ हजार रुपैंयाँ सहयोग उपलब्ध गराएका हुन् । 

मेचीमा रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन र दिगो विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सवकाका बारेमा इलाममा भएको एक छलफलका क्रममा कांग्रेस नेता खडकाले संस्थाका लागि एकाउन्न हजार रकम उनका प्रतिनिधि शिब कुमार थापाको हातबाट मेची पर्यटन पर्वद्धन सरोकार मञ्चका अध्यक्ष बिजय रार्इ र कोषाध्यक्ष दिब्या भट्टरार्इलाई हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष बिजय राई र सचिव देवी पौडयालले सहयोगी खडकालाई धन्यबाद दिए ।

विभिन्न सामाजिक, धार्मिक, शैक्षिक, खेलकुदलगायतका क्षेत्रमा सहयोग जुटाउँदै आएका खड्का कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेवि संघका पूर्व केद्रिय उपाध्यक्ष हुन् ।