Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पर्यटन प्रवर्दन गर्न अन्तराष्ट्रिय लायन्स क्लबको बैठक गोदावरीमा


0
Shares

कैलाली । सुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सामाजिक परिवेशका बारेमा जानकारी दिने उदेश्यले लायन्स क्लव धनगढीले अन्तराष्ट्रिय स्तरको संयुक्त बैठक कैलालीको गोदावरीमा आयोजना गरेको छ ।

लायन्स क्लब धनगढी र भारतको लखिमपुर जिल्लाको लायन्स क्लवका २७ जना पदाधिकारीको उपस्थितिमा सयुक्त बैठक कैलालीको गोदावरीमा आयोजना गरेको हो ।

लायन्स क्लव अफ धनगढी सिटिका अध्यक्ष टेकराज पनेरुले पर्यटन प्रबद्र्धनसगै सस्कृति आदान प्रदान, स्वाथ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्नका लागि बैठक आयोजना गरिएको जानकारी दिए ।

धनगढीमा हालसम्म अन्तराष्ट्रिय स्तरको बैठक नभएका कारण यसले दुवै देशको सामाजिक, आर्थिक तथा पर्यटनको विकासमा महत्वपुर्ण भुमिका खेल्ने दावी गरे ।

गत असोज २७ गते भारतको लखिमपुरमा बसेको लायन्स क्लव धनगढी र लायन्स क्लव लखिमपुरको बैठकले टयूनिक प्रोग्राम गर्ने निर्णय गरेको थियो ।

सो अनुरुप नेपाल भारतको सांस्कृतिक, आर्थिक, सामाजिक, स्वास्थ्य क्षेत्रको समस्या र पर्यटनको विकासका बारेमा संगै काम गर्न समझदारी भएको थियो ।

त्यसैका लागी लखिमपुर लायन्स क्लवको टोली नेपाल आएको लखिमपुर लायन्सका अध्यक्ष आरेन्द्र सिहले बताए ।

उनले यस्ता बैठकले दुवै लायन्स क्लब लाई सामाजिक कार्य गर्न सहज हुने विश्वास ब्यक्त गरे ।

भारतको लायन्स क्लवलाई धनगढीको क्लबले यसअघि नेपाल आएको लायन्स क्लव अफ लखिमपुरका टिमलाई लायन्स क्लव अफ धनगढी सिटीको टोलीले सिमा नाका त्रिनगरमा स्वागत गरेको थियो ।