Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सिद्धार्थ र लिटिल फ्लावर सेमिफाइनलमा


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर १ । धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् शनिबारका खेलमा सिद्धार्थ शिशु सदन र लिटिल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन धनगढीले सरस्वती मावि गेटालाई ३२ रनले हरायो ।

जितसँगै सिद्धार्थ सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित सरस्वती प्रतियोगिताबाट बाहिरिएको छ ।

सिद्धार्थले दिएको १८८ रनको लक्ष्य पछ्याएको सरस्वतीले पूरा २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रनमात्र बनाउन सक्यो ।

सरस्वतीका लागि हिक्मत सेठीले अविजित ६२, हृदय बिठारीले ४४, कप्तान आयुब चन्दले १३ रन बनाए ।

बलिङतर्फ सिद्धार्थका प्रतिस जिसीले २ र गजेन्द्र बोहराले १ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा ३ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

पहिलो विकेट २ रनमा गुमाएको सिद्धार्थका लागि दोस्रो विकेटकारूपमा खडक बोहरा र सुरेन्द्र साउदले १२३ रनको साझेदारी गरेका थिए । बोहराले अविजित १०३, साउदले ३७ र कप्तान प्रतिस जिसीले ३२ रनको योगदान दिए ।

शनिबारै भएको दोस्रो खेलमा लिटिल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकाल्यो ।

जितसँगै लिटिल फ्लावर सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित क्यास्पियन प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले जितका लागि १४५ रनको चुनौती पस्किएको थियो ।

जवाफमा क्यास्पियनले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनमात्र जोड्न सक्यो ।

क्यास्पियनका लागि दिनेश अधिकारीले सर्वाधिक ७२ र रोशन अधिकारीले ३० रनको योगदान दिए ।

बलिङतर्फ लिटिल फ्लावरका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २/२ तथा शेर मल्ल र सुरज तिरुवाले समान १/१ विकेट लिए ।

यसअघि, लिटिल फ्लावरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

लिटिल फ्लावरका लागि शेर मल्लले सर्वाधिक ३४ तथा कप्तान विपीन रावलले २२ रनको योगदान दिए ।

बलिङतर्फ क्यास्पियनका रोशन अधिकारी र निरज रावलले समान ३/३, आकाश चन्दले २ तथा दिनेश अधिकारीले १ विकेट लिएका थिए ।