१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संवैधानिक इजलासमा ५० ओटामात्र मुद्दा फर्छ्योट


0
Shares

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० ओटामात्र मुद्दा फर्छ्योट भएको बताए ।

ती मुद्दा वि.सं. २०६६ देखिका हुन् ।

उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा हेर्ने भएकाले धेरै फर्छ्योट गर्न नसकिएको जानकारी गराए ।

संवैधानिक इजलास बुधबार र शुक्रबारमात्र न्यायाधीशले हेर्ने गरेका छन् ।

अहिले सर्वोच्चको संवैधानिक इजलास कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्ने गरेका छन् ।

२०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजलासमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसदका सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ ।

वि.सं. २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजलासले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो । रासस