‘नेपाली शान्तिसेना बलात्कारमा संलग्न छैन’ • Image Khabar Image Khabar


‘नेपाली शान्तिसेना बलात्कारमा संलग्न छैन’


Imagekhabar
१३ बैशाख २०७५, बिहीबार १९:२९

‘नेपाली शान्तिसेना बलात्कारमा संलग्न छैन’

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकबाट दुई सुडानी बालिकामाथि बलात्कार भएको भन्ने आरोप अस्वीकार गरेको हो ।

उक्त घटनाबारे राष्ट्रसंघले पत्र पठाएअनुसार चार सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान थालिसकेको जनाइएको छ ।

नेपाली शान्ति सैनिक खटिएको ‘अवेल’ सुरक्षा वेसमा सुडानी महिलाहरु तारबाट जबर्जस्ती भित्र छिर्न खोज्दा केही असहज घटना भएको पनि नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्