संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस • Image Khabar Image Khabar


संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार १३:०१

संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस

काठमाडौं, बैशाख १४ । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आह्वान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले वैशाख २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

राष्ट्रपतिले आह्वान गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन शुरु हुनेछ ।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

यस्तै वीरगन्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्