Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


दिगो विकास र बजेट मूल्यांकन अनुगमनसम्बन्धी प्रदेशस्तरीय गोष्ठी


0
Shares

सुवर्ण श्रेष्ठ (इमेज)

हेटौंडा, मंसिर १ । दिगो विकास र बजेट मूल्यांकन अनुगमनसम्बन्धी तीनदिने प्रदेशस्तरीय गोष्ठी हेटौंडामा सुरु भएको छ ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको गोष्ठीको प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार उद्घाटन गरे ।

उनले योजना आयोगका हालसम्मका योजना, विधि, प्रक्रिया र कार्यान्वयनलाई मिहीन ढंगले समीक्षा गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले विगतका कमजोरीको सुधार गरी नयाँ आवश्यकताअनुसार दिगो र छरितो विकासका योजना बनाउनुपर्ने बताए ।