२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु


0
Shares

सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे ।

बौद्ध सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वानहरु सहभागी रहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए ।

दुईदिने सम्मेलनमा १६ राष्ट्रिय र १६ अन्तर्राष्ट्रिय गरी ३२ जनाले १३ ओटा विभिन्न उपशीर्षकमा बौद्धसँग सम्बन्धित कार्यपत्र पेस गर्नेछन् ।

सम्मेलनपछि प्रस्तुत् कार्यपत्रहरुको निष्कर्षका आधारमा आइतबार लुम्बिनी घोषणापत्र जारी गरिने जनाइएको छ ।

बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लाका पुरातात्विक तथा धार्मिकस्थल र बुद्धको शिक्षालाई प्रचार–प्रसार गरी जनकल्याण गर्ने तथा आपसी सद्भाव बढाउनेलगायत उद्देश्यले सम्मेलन आयोजना गरिएको कोषका उपाध्यक्ष अवेधशकुमार त्रिपाठीले बताए ।

यसका लागि कोषको आन्तरिक बजेटबाट ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सम्मेलनमा अमेरिका, भारत, चीन, जापान, श्रीलंका, कोरिया, मलेसियालगायतका देशका प्रतिनिधि सहभागी छन् ।