
माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा निर्मित ‘विप्लव सिर्जन स्मृति ब्रिगेट’ सहायक शिविरका संरचना नस्ट हुन थालेका हुन् ।
तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत् निर्माण गरिएका ६० ओटा संरचना संरक्षणको अभावमा जीर्ण बनेका छन् ।
शान्ति–प्रक्रियाकाक्रममा सेना समायोजनपछि माओवादी लडाकूले छाडेका ती संरचना संरक्षणमा सम्बन्धित पक्षको ध्यान नजाँदा जीर्ण बनेका हुन् ।
करोडौं रुपैयाँको लगानीमा बनेका संरचना संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि कसैको ध्यान गएको छैन । यहाँका अधिकांश संरचना विद्यालय वा सार्वजनिक निकायलाई तत्काल हस्तान्तरण नगरे कुहिएर नस्ट हुने अवस्थामा छन् ।
खुला प्रवेशद्वारका कारण गाउँका पशुहरु प्रवेश गरेरसमेत क्षति पुर्याउनेक्रम बढेको छ । ३४ हेक्टरमा फैलिएको सो शिविर झाडीले भरिएको छ ।
सशस्त्र प्रहरी वेसक्याम्प बसेको केही भागबाहेक सबै क्षेत्र झाडीमा परिणत भएको छ । नेपाली सेनाको नाममा रहेको सो क्षेत्रको सानो भू–भाग सशस्त्र प्रहरी बलले उपयोग गरिरहेको छ ।
सशस्त्रले प्रयोग गरेका चारओटा भवन र तत्कालीन लडाकूले मेडिकल चलाएको एउटा भवनबाहेक सबैको अवस्था जीर्ण बनेको छ ।
शान्ति–प्रक्रियाकाक्रममा तत्कालीन माओवादी लडाकू राख्नका लागि देशैभर ७ मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्