१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


उदयपुरमा बलात्कारका घटना बढे, १० महिनामा ३९ घटना


0
Shares

-केदार कटुवाल/ईमेज

उदयपुर । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले उदयपुरमा बलात्कारको घटना बढेको तथ्यांक प्रस्तुत गरेको छ ।

तथ्यांक अनुसार जिल्लामा ३९ वटा बलात्कारका घटना घटेको २६ वटा बलात्कार र १३ वटा बलात्कारको प्रयास रहेको बताएको छ ।

यसबाट २१ जना बालिका र १३ जना महिला पीडित रहेका छन् ।यो घटना पछिल्लो १० महिना सन् २०१८ जनवरी देखि अक्टुबरसम्मको हो ।

यी घटनामा बालिका बलात्कार १२ , बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलात्कार १, महिला बलात्कार १३, र बलात्कारको प्रयास ५ रहेको छ ।

कार्तिक २५ गते बालिका एन्जिलाको भने बलात्कार पछि हत्या गरिएको छ ।

इन्सेकको तथ्याङ्क अनुसार १५ घरेलु हिंसा, ५ बहुबिबाह आफ्नै हजुरबुवाबाट ७ बर्षीया बालिका बलात्कृत ,अपाङगता भएका महिला र बालबालिका प्रताडित बनेका छन् ।