गर्मी बढेपछि भीमदत्त नगरपालिका क्षेत्रका विद्यालय चार दिन बन्द • Image Khabar Image Khabar


गर्मी बढेपछि भीमदत्त नगरपालिका क्षेत्रका विद्यालय चार दिन बन्द


Imagekhabar
१२ असार २०७५, मंगलवार ०३:३३

गर्मी बढेपछि भीमदत्त नगरपालिका क्षेत्रका विद्यालय चार दिन बन्द

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, असार १२ । अत्यधिक गर्मी बढेपछि कन्चनपुरको भीमदत्त नगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको पढाइ बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबार (आज)देखि शुक्रबारसम्म नगरक्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठन–पाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

बैठकमा शिक्षकको पेसागत संघ–संगठनका पदाधिकारीहरुको पनि सहभागिता थियो ।

कन्चनपुरमा पनि यो वर्ष तापक्रम ४१ डिग्री पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्