
काठमाडौं । नेपाल सम्वत् ११३९ को नयाँ वर्षको उपलक्ष्यमा चःमती नेवाः खलले आज शान्ति सद्भाव र शुभकामना मोटरसाइकल र्याली निकालेको छ ।
काठमाडौंको चःमतीबाट निकालिएको र्याली धादिङको गल्छी हुँदै नुवाकोटको त्रिशूली, बट्टार, ढिकुरे हुँदै कविलाससम्म पुग्ने छ ।
र्यालीको उद्घाटन काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवाराम श्रेष्ठले गरे । र्यालीमा १ सय २० वटा मोटरसाइकल सहभागी छन् ।
नेपाल सम्वत्को प्रचारप्रसार गर्दै समाजमा शान्ति सद्भाव कायम गर्ने उद्देश्यले मोटरसाइकल र्याली निकालिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्