Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


प्रदेश ४ का विषयगत समितिका सभापति निर्विरोध चयन


0
Shares

प्रदिप पौडेल/
पोखरा, वैशाख १६ । प्रदेश ४ को प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार विधान समिति सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र अर्थ तथा विकास समितिका सभापतिहरु निर्वाचित भएका हुन् ।

विधान समितिको सभापतिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा कांग्रेसका कुमार खड्का, प्रदेश मामिला समितिमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर थापा र अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका दिपक कोइराला निर्वाचित भएका छन् ।

समितिका नवनिर्वाचित सभापतिहरुलाई सभामुख नेत्रनाथ अधिकारीले सपथ गराएका छन् । समितिका सभापतीहरुले आइतबार नै पदबहाली गरेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक–एक समितिको नेतृत्व लिने सहमति भएपछि सबै समितिका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।