गोली लागेर घाइते भएका धर्मगुरु आचार्य उपचारपछि घर फर्किए • Image Khabar Image Khabar


गोली लागेर घाइते भएका धर्मगुरु आचार्य उपचारपछि घर फर्किए


Imagekhabar
१६ बैशाख २०७५, आईतवार १५:१४

गोली लागेर घाइते भएका धर्मगुरु आचार्य उपचारपछि घर फर्किए

                                                  फाइल तस्वीर

विराटनगर, वैशाख १६ । केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ ।

धर्मगुरु आचार्यलाई गत चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए ।

दाहिने छातीकोे माथिल्लो भागमा गोली लागेर गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो ।

उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो ।

घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरे पनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना गर्दै आएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्