
विराटनगर, वैशाख १७ । मोरङको सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा सोमबार बिहान माइक्रोबस दुर्घटनामा घाइतेभएका मध्ये दुई जनाको मृत्यु भएको छ ।
झापा भद्रपुर–१५ की ५१ वर्षीय उमा निरौला र सोही ठाउँकी ५२ वर्षीय श्यामा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार उनीहरु दुबैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मुत्यु भएको हो ।
दुर्घटनामा घाइते १० जनाको उपचार भइरहेको छ ।
झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना भएको हो ।
घाइतेमध्ये ५ जनाको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा तीन जनाको, गोल्डेन अस्पताल र दुई जनाको इटहरीमा उपचार भईरहेको छ ।
माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्