१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


नेपालगन्जमा बम राख्ने समातिए


0
Shares

राँझा, कात्तिक ३० । नेपालगन्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार सार्वजनिक गरेको छ ।

आतंक सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई बयान दिएका छन् ।

जाजरकोट, नालगाड नगरपालिका–४ निवासी ओलीको अरु कुनै संगठनसँग आबद्धता नदेखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

ओलीका साथबाट रु ४१ हजार ५१० नेपाली, ३०० भारतीय रुपैयाँ, विभिन्न नम्बरका सिमकार्ड, ‘हामी नेपाली, हाम्रो नेपाल’ लेखेका २६ र ‘कमान्डो ग्रुप’ लेखेको २१ थान ब्यानर बरामद भएको प्रहरीले जनाएको छ ।

भारतको सिमलास्थित रुरुमा काम गर्ने प्लस–२ पास गरेका २७ वर्षीय ओली ‘चर्चित’ बन्ने नाममा काम छाडेर ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संगठनको अध्यक्ष भन्दै हिँडेका थिए ।

बम राखेपछि ओली ‘सीसी क्यामेरा’मा आफू देखिएकाले बाहिर जाँदा पक्राउ पर्ने डरले घटनास्थल आसपासमै बसेका थिए ।

प्रहरीले सीसी क्यामेरामा देखिएको हुलियालाई पछ्याउँदै जाँदा बिहीबार नै ओलीलाई पक्राउ गरेको थियो ।

उनलाई विस्फोटक पदार्थअन्तर्गत् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस