
ललितपुर, वैशाख १८ । मजदुर दिवसका अवसरमा नेपाल यातायात मजदुर संगठनले ललितपुरमा एक कार्यक्रम गरी आफूहरुका अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
यातायात मजदुरहरुले अधिकारको लडाइँका लागि सबै मजदुरलाई एकजुट हुनसमेत आह्वान गरे ।
नेपालमा करिब १ करोड १८ लाख मानिस मजदुर रहेको भन्दै उनीहरुले २ प्रतिशतमात्र संगठित भएको र अरु छरिएर रहेकाले सबैलाई एकजुट हुन आह्वान गरे ।
सरकारले मजदुर हकहितका लागि विभिन्न ऐन ल्याए पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्