काठमाडौं, वैशाख १८ । राजधानीमा बुधबारबाट सुरु हुने सुमन भम्जन मेमोरियल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाल क्लाइम्विङ स्पोर्ट एसोसियसन र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गर्ने प्रतियोगिता पासाङ ल्हामु स्पोर्ट क्लाइम्विङ सेन्टर धुम्बाराहीमा हुने छ ।
पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेको २५ औं वर्षको अवसरमा भूकम्पमा परी ज्यान गुमाएका खेल पत्रकार सुमन भम्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
लिड क्लाइम्बिङ र टप रोप गरी दुई विधामा प्रतियोगिता आयोजना हुने छ ।








प्रतिक्रिया दिनुहोस्