शिशु अवस्थाका बुद्धलाई कपिलबस्तु भित्र्याउँदा...(हेर्नुहोस तस्विर) • Image Khabar Image Khabar


शिशु अवस्थाका बुद्धलाई कपिलबस्तु भित्र्याउँदा…(हेर्नुहोस तस्विर)


Imagekhabar
१८ बैशाख २०७५, मंगलवार १७:३९

शिशु अवस्थाका बुद्धलाई कपिलबस्तु भित्र्याउँदा...(हेर्नुहोस तस्विर)

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु, बैशाख १८ । २५६२ औ बुद्ध जयन्तीका अवसरमा प्राचिन घटनाको झल्को दिने गरी मंगलबार शिशु बुद्धलाई धुमधानसंग कपिलबस्तुमा भित्राइएको छ ।

शिशु बुद्धलाई लुम्बिनी–प्राचिन कपिलवस्तु रथ यात्राबाट भित्राइएको हो ।

लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउंदाको झल्को दिने गरी शिशु बुद्धलाई राखेर २६ किमीको रथ यात्रा निकालिएको हो ।

बुद्धको जन्मथलो लुम्बिनीमा सोमबार हिजो २५६२ औ अन्तराष्ट्रिय बुद्ध जयन्ती मनाईएको छ । सो रथ यात्राको ४ बर्ष अघिदेखि सुरुवात गरिएको थियो ।

sisubudda2

शिशु बुद्धलाई बुद्धको क्रिडास्थल तिलौराकोट लगि बृहत कार्यक्रमका बीच स्वागत गरिएको छ । रथलाई नव दुलही जस्तो आकर्षक रुपमा सजाएर धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गरिएको हो ।

राजकुमार सिद्धार्थ जन्मिए पछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किदाको २६ सय वर्ष अघिको क्षण यसपालीको बुद्ध जयन्तिमा पनि जिल्लाबासीले अनुभुती गर्न पाएको लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले बताए ।

बौद्ध ग्रन्थमा लेखिए अनुसार मायादेबी गर्भवती भए पछि दशौं महिनामा माईत देबदह जाने ईच्छा गरेकी थिईन ।

sisubudda6

रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभन गर्न नपाउंदै शारिरीक स्वभावमा परिवर्तनसंगै शालको बृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिईएकी थिईन ।

यो खबरले तिलौराकोट, कपिलवस्तु शहर र देबदहमा हर्सोल्लास भएको थियो र सिंगो कपिलवस्तु शहर सिंगारेर चिटिक्क पारिएको थियो ।

सुत्केरी मायादेबी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिईन ।

त्यसबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसायालीमा घरघरबाट स्वागत गरेका थिए ।

sisubdda-3

सिंगो कपिलवस्तरमा कयौं दिन सम्म खुसीयाली भएको स्मरण गर्दै रथ यात्रा गर्न लागेको जानकारहरु बताउछन् ।

स्वागत यात्रामा संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल, लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ता, प्रदेश सदस्य बिष्णु पन्थी, धर्मबहादुर लाल श्रीवास्तव, रिना नेपाल, प्रजिअ मदन भुजेल, कोषका कर्मचारी लगायत बिशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

sisubudda1

buddaa

प्रतिक्रिया दिनुहोस्