
जनकपुर, बैशाख १८ । गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटनाबाट जनकपुर हुँदै काठमाडौं जाने कार्यक्रम तय गरिएको बताएका छन् ।
भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारी सम्बन्धमा निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री थापाले वैशाख २८ गते मोदी जनकपुर आउने बताए ।
पटनाबाट हेलिकप्टरमा जनकपुर आएपछि जानकी मन्दिरमा दर्शन गर्ने र त्यहाँ हुने नागरिक अभिनन्दनपछि काठमाडौं जाने कार्यक्रम तह भएको मन्त्री थापाले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाटै मुक्तिनाथ दर्शनका लागि समेत जाने पनि उनले जानकारी दिए ।
गृहमन्त्री थापासहितको सुरक्षा टोलीले मोदीलाई नागरिक अभिनन्दन गरी बाह्रविगाह क्षेत्रको निरीक्षण समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्