प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक ३० । गन्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित गरिएको छ ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र चीनको हाइनान प्रान्तका भाइस चेयरमेन छु जुनले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार चीनको हाइनान प्रान्तले गन्डकी प्रदेशको प्राविधिक शिक्षा, ऊर्जा विकास, पर्यटनलगायतका क्षेत्रमा सहयोग र लगानी गर्नेछ ।
यस्तै, हाइनानले गन्डकी प्रदेशबाट वार्षिक चारजना विद्यार्थीलाई ५ वर्षसम्म पूर्णछात्रवृत्ति उपलब्ध गराउनेछ ।
प्रदेशसँगै पोखरा महानगरपालिका र चीनको हाइकाओ सहरबीच पनि भगिनी सम्बन्ध गाँसिएको छ ।
विदेशका कुनै प्रान्तसँग सम्बन्ध गाँस्ने गन्डकी पहिलो प्रदेशसमेत बनेको छ ।
सो अवसरमा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीनको हाइनान प्रान्तबाट धेरै कुरा सिक्न सकिने बताए ।
मुख्यमन्त्री गुरुङ केही महिनाअघि हाइनान भ्रमणमा गएका थिए ।








प्रतिक्रिया दिनुहोस्