कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु • Image Khabar Image Khabar


कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु


Imagekhabar
१२ असार २०७५, मंगलवार ०३:२०

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

सुन्दरकुमार थकाली (इमेज)

मुस्ताङ, असार १२ । उत्तर सीमावर्ती क्षेत्र चीनको कोरला नाकामा अन्तरदेशीय व्यापारिक मेला सुरु भएको छ ।

उपल्लो मुस्ताङअन्तर्गत् पर्ने दुईओटा स्थानीय तहका वासिन्दालाई लक्षित गरी सोमबारदेखि व्यापारिक मेला सुरु भएको हो ।

भौगोलिक दृष्टिकोणले विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने १३ ओटा गाउँ र लोघेकर दामोदरकुन्ड गाउँपालिकामा पर्ने ११ ओटा गाउँका स्थानीयवासी व्यापार मेलाबाट प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

उपल्लो भेकका जनताका लागि आवश्यक पर्ने दैनिक उपभोग्य घरायसी सामान किनमेलको सहजताका लागि मेला आयोजना गरिएको जनाइएको छ ।

उपल्लो मुस्ताङका बासिन्दा र चिनियाँ पक्षबीच आपसी सहमतिमा यहाँ वर्षेनि दुईपटक व्यापार मेला सन्चालन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्