२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बिदा पुनरावलोकन गरिदिन माग


0
Shares

अध्यक्ष दाहालको निवास खुमलटारमा बिहीबार बिहान भेट गर्दै उनीहरुले साँस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौती भएको भन्दै पुनरावलोकनको माग गरेका हुन् ।

अध्यक्ष दाहालले सम्बद्ध समुदायसँग छलफल गरेर बिदा कटौती गर्न सकिएको भए राम्रो हुने भन्दै पुनरावलोकनका लागि पहल गर्ने बताए ।

उनले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर बिदाकाबारेमा टुंगो लगाउने बताएको भेटमा सहभागी आदिवासी जनजाति नेता परशुराम तामाङले जानकारी दिए ।

अध्यक्ष दाहालले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको विषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए ।

भेटमा सहभागी आदिवासी जनजातिका प्रतिनिधिले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाहबिना नै बिदा कटौती गरेको गुनासो गरेका थिए ।

त्यसैगरी, आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निस्क्रिय बनाएको, गुम्बा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामांकनमा पहिचान छुटाएकोलगायतका गुनासो अध्यक्ष दाहालसमक्ष राखेको तामाङले जानकारी दिए । रासस