Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


उत्तर–दक्षिण कोरिया युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

ग्लोबल पिस फाउन्डेसन नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने–‘कोरियाली जनतामामात्र नभइ विश्वका प्रत्येक जनतामा वार्ताले खुसी ल्याएको छ, कोरियाली जनताको कथा सुन्दा प्रत्येक नेपालीका आँखा रसाएका थिए ।’

उनले दुई देशको शान्तिवार्ताबाट कोरिया एकीकरणको कामनासमेत गर्दै युद्धको विकल्प शान्ति भएको सन्देश विश्वलाई मिलेको बताए ।

सो अवसरमा फाउन्डेसनका अध्यक्ष रामरोहन पन्तले ‘एकै सपना एकै कोरिया’ भन्ने सन्देशसहित दुई कोरियाका जनताले कार्यक्रमको आयोजना गर्दै आएको बताए । रासस