
१०० पुरुष र २५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले २४६ कैदीबन्दी राखिएको छ ।
कारागारमा अहिले २३१ पुरुष र १५ जना महिला कैदीहरु छन् ।
क्षमताभन्दा बढी कैदीलाई कोचेर राख्नुपर्दा खानेपानी, सरसफाइ, खेलकुद सामग्री, पाठ्य सामग्रीलगायतको व्यवस्थापनमा कठिनाइ भएको निमित्त जेलर सिर्जना लुइँटेलले बताइन् ।
इलामसँगै झापा, मोरङ, पाँचथर, ताप्लेजुङलगायत अरु जिल्लाबाटसमेत कैदी पठाउने गरिएकाले समस्या आएको कारागार शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्