७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सम्बन्ध विच्छेदको मुद्दा दिनेमा पुरुषको संख्या बढ्दो


0
Shares

कैलाली, कात्तिक ३० । कैलालीमा सम्बन्ध विच्छेदको मुद्दामा महिलाभन्दा पुरुषको अग्रसरता बढी देखिएको छ ।

गत भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाइदिएपछि उनीहरु महिलासरह अदालत जान थालेका हुन् । भदौ १ गते यता सम्बन्ध विच्छेदका लागि २१ पुरुष र २० महिलाले मुद्दा दर्ता गराएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताए ।

सम्बन्ध विच्छेदको प्रमुख कारण वैदेशिक रोजगार, सानै उमेरमा विवाह, आर्थिक समस्या र सामान्य झै–झगडा हुने गरेका छन् ।

यसअघि पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न स्थानीय तहहँुदै अदालतसम्म पुग्न एक वर्ष लाथ्यो । अहिले त्यो प्रक्रियाविनै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाइने व्यवस्था छ ।