गुयना, कात्तिक ३० । भारतीय महिला क्रिकेट टिम आईसीसी टि–२० महिला क्रिकेट विश्वकपमा अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा पुगेको छ ।
बिहीबार रातिको खेलमा आयरल्याण्डलाई ३८ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणका तीन खेल जितेको भारत र सोही नतिजाकासाथ अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् ।
अब समूहको विजेता र उप विजेताका लागि भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्नेछन् ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १४५ रन बनाएको थियो । भारतका लागि मिताली राजले अर्धशतकीय पारि खेल्दा स्मृति मण्डनाले ३३ रन बनाइन् ।
१४६ रनको लक्ष्य लिएर मैदान आएको आयरल्याण्डले ८ विकेट गुमाउँदै ९३ रनमात्रै जोड्न सक्यो । उसका लागि इस्बोल जोयसीले ३३ तथा कार्ले सिलङटनले २३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
भारतका लागि राधा यादबले ३ तथा दिप्ती शर्माले २ विकेट लिएकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्