२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चौरजहारी नगरपालिकामा पहिलोपटक लिफ्ट प्रणालीमार्फत् पिउनेपानी


91
Shares

वर्षौंदेखि स्वच्छ पिउनेपानीको समस्या भोग्दै आइरहेका नगरपालिकाका वडा–१, २ र ३ का बासिन्दालाई खानेपानीको व्यवस्था गर्न लागिएको हो ।

ठूलीभेरी नदीको किनारबाट चौरजहारीबजारमा केही दिनमै पिउनेपानी आएपछि एक हजार बढी घरपरिवार लाभान्वित हुनेछन् ।

एक घर एक धाराको व्यवस्था हुने गरी लिफ्टमार्फत् तीनओटा वडाका घरधुरीलाई पिउनेपानीको व्यवस्था गर्ने तयारी भइरहेको छ ।

पिउनेपानीको व्यवस्थाका लागि चार महिनाअघिबाट सुरु गरिएको काम अन्तिम चरणमा पुगेको छ ।

यसअघि, चौरजहारीका बासिन्दालाई एक गाग्री पानी लिन तीन घन्टा लाइनमा बस्नुपर्ने बाध्यता थियो ।