७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो


0
Shares

काठमाडौं, कात्तिक २९ । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

रौतहटबाट पक्राउ परेका राउतलाई बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानुनी थुनामा राखिएको भन्दै गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदातलको आदेशानुसार बन्दीसहित उपस्थित गराइएको र सुुनुवाइका लागि शुक्रबार पेसी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । रासस