काठमाडौं, कात्तिक २९ । केही समयदेखि बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव रहँदै आएको छ ।
लगानीयोग्य रकम अभाव हुँदा कर्जाको ब्याज पनि बढ्दो छ भने लगानीकर्ताले रकमसमेत पाउन गाह्रो परेको छ ।
वाणिज्य बैंकहरुले महत्वाकांक्षीरुपमा कर्जा प्रवाह गरेको र सरकारी ढुकुटीमा रकम थुप्रँदा समस्या आएको बैंकर अनिल शाह बताउँछन् ।
यो समस्या समाधानका लागि बैंकहरु सुध्रिनुपर्ने र सरकारले पुँजीगत खर्च बढाउनुपर्ने उनको भनाइ छ ।
बैंकहरुको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुगेपछि महत्वाकांक्षीरुपमा कर्जा प्रवाह गर्दा र पुँजीगत खर्च नहुँदा यस्तो समस्या आएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्