
इलाम, असार १२ । सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मुल्यवृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले इलाम सदमुकाममा चक्काजाम गरेको छ ।
दुईसाता अघिदेखि चरणवद्ध आन्दोलनमा रहेको नेवि संघले सदरमुकाम इलाममा आज दिउसो १२ बजे देखि बीच सडकमा मोटरसाइकल राखेर १२ मिनेटसम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका हुन ।
देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले इलाममा पनि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
केही दिन अघी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाई सकेको र आज १२ मिनेट चक्का जामको कार्यक्रम गरिएको नेविसंघ इलामका कार्याबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्