Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेप्से ३ अंकले घटेर १२ सय ५ मा


0
Shares

काठमाडौं, कात्तिक २९ । साताको अन्तिम दिन बिहीबार सेयरबजार ऋणात्मक रह्यो ।

यसदिन बजार परिसूचक नेप्से ३ अंकले घटेर १२ सय ५ मा आइपुग्यो ।

होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च २६ अंकले घट्यो । लघुवित्त समूह १२ अंकले ओर्लियो भने वाणिज्य बैंक, उत्पादनमूलक, जलविद्युुत्, जीवनबिमा समूहमा पनि गिरावट आयो ।

यसदिन १४४ कम्पनीका ७ लाख ८५ हजार कित्ता सेयर १७ करोड ८२ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।