नरेन्द्र मोदीलाई वैशाख २९ गते काठमाडौंमा अभिनन्दन « Imagekhabar – Online News Portal of Nepal


नरेन्द्र मोदीलाई वैशाख २९ गते काठमाडौंमा अभिनन्दन


0
Shares

काठमाडौं, बैशाख २३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २:४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नेछन् ।

साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।
रासस