२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुस्ताङ पुगे रक्षामन्त्री, मोदीको भ्रमण सुरक्षाबारे छलफल


0
Shares

Ishwor pokhrel nepal army defence ministry

रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा दिइने सुरक्षा प्रबन्धबारे छलफल गरेका हुन् ।

त्यसक्रममा मन्त्री पोखरेलले मुस्ताङको जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयको निरीक्षण पनि गरे ।

नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेलले शिक्षालयको अवलोकनपछि एमालेका कार्यकर्ताहरुसँग भेटघाट पनि गरेका थिए ।

त्यसक्रममा उनले कोरला नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए ।

सरकारले चीनसँगको कोरला नाकालाई उच्च प्राथमिकता दिएको भन्दै मन्त्री पोखरेलले सडक विस्तारपछि मुस्ताङ दुर्गम नहुने बताए ।

मन्त्री पोखरेल आइतबारै लमजुङको घलेगाउँ जाने कार्यक्रम पनि रहेको जनाइएको छ ।