
प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीकाअनुसार ब्राबलपाखा क्षेत्रको त्रिशूली नदी किनारबाट अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् ।
डढेलो क्षेत्र अधिकांश भीर–पहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ ।
डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्