भक्तपुर, कात्तिक २९ । नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमन्डलले बिहीबार भक्तपुरका सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ ।
भक्तपुर नगरपालिकाको स्वागतमा बिहीबार भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर, यस क्षेत्रका ५५ झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरव मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले चिनियाँमन्त्रीसहितको टोलीलाई स्वागत गर्दै यहाँका सम्पदा क्षेत्र, यसको महत्व, भूकम्पले पारेको प्रभाव र पुनःनिर्माणकाबारेमा जानकारी गराएका थिए ।
अवलोकनकाक्रममा चिनियाँमन्त्री सुगाङले भक्तपुर नगरका सम्पदा चिनियाँ पर्यटकका लागि धार्मिक तीर्थस्थलकारुपमा रहेको बताए ।
अवलोकन भ्रमणपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्त्री सुगाङलाई मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गरे भने मन्त्री सुगाङले प्रजापतिलाई चीनमा चिया खान प्रयोग हुने माटोको कप मायाको चिनोकारुपमा प्रदान गरेका थिए । रासस









प्रतिक्रिया दिनुहोस्