७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘चर्यानृत्य’लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, कात्तिक २९ । ‘नेपाल मण्डल’को नेवार सभ्यता नेपालको पहिचान भएकाले यसको संरक्षण र सम्वर्धन गर्नुपर्नमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहीबार बज्र कलाकुन्जले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस सभ्यता र नेपालका अरु कला, संस्कृति, सम्पदा र भाषाहरुको पनि संरक्षण गर्नुपर्ने बताए ।

तन्त्र तथा बज्रयान बौद्धधर्मको केन्द्रविन्दु काठमाडौं उपत्यकामा भएका सांस्कृतिक एवं धार्मिक सम्पदालाई संरक्षण गर्नुपर्नेमासमेत उनीहरुको जोड थियो ।

शताब्दीपुरुष सत्यमोहन जोशीसहित अरु वक्ताले नेपालको मौलिक बौद्धदर्शनअन्तर्गत्को ‘चर्यानृत्य’लाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमासमेत जोड दिए ।

कार्यक्रममा सम्पदा शिविरका कलाकारहरुले चर्यानृत्य, लोकनृत्य, धिमेबाजालगायतका सांस्कृतिक प्रस्तुति गरेका थिए । उनीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।