बैतडीमा बस दुर्घटना, १४ जना घाईते, राजमार्ग अबरुद्ध • Image Khabar Image Khabar


बैतडीमा बस दुर्घटना, १४ जना घाईते, राजमार्ग अबरुद्ध


Imagekhabar
२४ बैशाख २०७५, सोमबार ०८:५१

बैतडीमा बस दुर्घटना, १४ जना घाईते, राजमार्ग अबरुद्ध

विनोद सिंह विष्ट/ईमेज:

बैतडी, बैशाख २४ । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार बिहान बस दुर्घटना हुँदा चालक सहित १४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ बर्षिय लोकेन्द्र थापा, सोही ठाउँका २२ बर्षिया सुस्मीता ऐरी, ८ बर्षिय आदर्श धामी ,१६ बर्षिया पशुपती ऐरी, दार्चुला अपिहिमाल गाउँपालिकाका ५ का २८ बर्षिय शेर सिंह धामी ,५ बर्षिय बालक रुपेश धामी,२२ बर्षिया बाग्मती धामी,रिजन धामी, १० बर्षिया हेमन्ती धामी, ८ बर्षिय बिवेक धामी र ५ बर्षिय नितेश धामी रहेका छन् ।

यस्तै अन्य घाईतेहरुमा बैतडीको दशरथचन्द नगरपालिका २ का १९ बर्षिय बसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका ७ का २२ बर्षिय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ बर्षिय डंकुरे महरा रहेका छन् ।

घाईतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भईरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका १० अनारखोलीमा सोमबार बिहान पौने ३ बजे दुर्घटनामा परेको हो ।

बिग्रेर सडकमा रोकिराखेको बस एक्कासी पछाडी(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको हो ।

बस बीच सडकमै खसेपछी दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका गाडी समेत चल्न नसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्