Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


कर्णाली प्रदेशका सबै तहमा वनपैदावरमा आधारित उद्योग : वनमन्त्री


0
Shares

सुर्खेत, कात्तिक २९ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशका सबै स्थानीय तहमा वनपैदावरमा आधारित उद्योग स्थापना गरिने बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले कर्णाली प्रदेश जडीबुटीका लागि उत्कृष्ट रहेकाले प्रदेश र स्थानीय तहसँग मिलेर वनपैदावरमा आधारित उद्योगको विकास गर्न लागिएको जानकारी दिए ।

वन क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले वनसम्बन्धी केही नीतिमा सुधार गर्दै सरकार र जनता दुवैलाई लाभ पुर्‍याउने कार्ययोजना अघि बढाइएको बताए ।