Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इलाममा पिकअपमा आगजनी गरेको आशंकामा चारजना पक्राउ


0
Shares

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले इलाम नगरपालिका–३, जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३, पुवामझुवाका ‘समीर’ भनिने सञ्जीवकुमार राईलाई पक्रेको हो ।

झापाको बिर्तामोडबाट इलाम हुँदै दैनिक उपभोग्य सामान लिएर पाँचथरको फिदिमतर्फ जाँदै गरेको को१च ८७१५ नम्बरको पिकअपमा इलाम नगरपालिका–४, पुवाखोलानजिकै आगजनी गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख विपीनकुमार कर्माचार्यले सोमबार जानकारी दिए ।

सो गाडी आगजनीमा ५/७ जनाको संलग्नता रहेको बताइएको छ । अरुको खोजी भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।