२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पुरुषको शव फेला, घाँस काट्दा हात छिनियो


0
Shares

झापा, बैशाख २५ । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ ।

बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाँस काट्दा हात छिनियो

यसैगरी, सोमबार घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात काटिएको छ ।

सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ ।

हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यस्तै, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् ।

राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ ।

घाइते राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । रासस