Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


१६ एसएसपीको डीआईजीमा बढुवाका लागि सिफारिस, को-को परे ?


0
Shares

काठमाडौं, बैशाख २५ । गृह मन्त्रालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरीमा जनपदतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस गरेको हो ।

चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाँकी ७ पद खारेज भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसअघिनै अनावश्यक पद खारेज गर्ने बताउनु भएको थियो ।

बढुवा सिफारिश गरिएकामा केदार रिजाल, शेरबहादुर वस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रवीन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी छन् । ।