Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


मुला खेतीबाट मालामाल


0
Shares

प्रकाश नेपाल/ईमेज:

इलाम । १० वर्ष अघिसम्म व्यावसायिक काउली खेती गरेका इलामको देउमाइ नगरपालिकाका–१ धप्परका किसान अहिले मूलाखेतीमा लागेका छन् ।

काउली खेतीमा विभिन्न रोग देखिएपछि धप्परलगायतका गाउँका ५० परिवार मूलाखेतीमा लागेका हुन् । उत्पादन गरेको मुला उनीहरुले भारतमा पठाउने गरेका छन् ।

देउमाई नगरपालिकाका किसानहरु फुलकोपी, बन्दाकोपी, रायो लगायतका तरकारीको खेती गरिरहेका थिए तर क्लव रुट नामको रोगको कारण काउली खेतीको बगान नै मासिन थालेपछि धप्पर लगायतका गाउँका ६० घर किसानले अहिले मुलाखेतीमा लागेको किसान देउकुमार राई बताउँछन् ।

काउलीको जरामो गाँठो पलाउने, रोगले बगान मासिन थालेपछि यहाँ विकल्पको रुपमा मुला खेती सुरु गरिएको हो ।

मेची राजमार्गको डिलमा रहेको धप्परका किसानहरुले वर्षको दुईपटक मुला खेती गर्छन् । फागुन चैत्रमा लगाएको मुला जेठ असारमा विक्री गर्ने गरेका छन् ।

त्यस्तै दोस्रो सिजनमा लगाएका मुला स्याहार्ने चटारो किसानहरुलाई चलिरहेको देखिन्छ ।

धप्परमा मात्र हैन पुरानो चमैताको अधिकासं क्षेत्रमा पनि मुलाको व्यावसायिक खेती गरिएको देखिन्छ ।

जसबाट औसत एकजनाले वार्षिक एकलाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

अहिलेसम्म मुलामा कुनै रोगको प्रकोप नदेखिएको हुँदा किसानहरु यसतर्फ लागेका छन् ।

पछिल्लो समय उनीहरुले मुला भारतमा पठाइरहेका छन् । अहिले दैनिक दुई चार पिकअप मुला भारत जाने गरेको छ । 

Skip This